१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बीमा रकमको लोभमा चालक र सहचालकले नै लगाए टिपरमा आगो

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

न्यूजमधेश डेस्क
दाङ,७ भाद्र। दाङको घोराहीमा एक टिपरका चालक र सहचालकले आफूहरूले चलाउँदै आएको टिपरमा आगजनी गरेको खुलेको छ।

घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरुमा बन्दकर्ताले नै उक्त टिपरमा आगजनी गरेको अनुमान गरिएको थियो। तर, प्रहरीले अनुसन्धान गर्ने क्रममा टिपरका चालक र सहचालक नै आगजनीमा संलग्न रहेको खुलेको छ।

प्रहरीले टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका ३२ वर्षीय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका–७, चन्दनपुरका १७ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरूले प्रहरीसामु आफैंले आगजनी गरेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेशप्रसाद काफ्लेका अनुसार टिपर पुरानो भएको, पटक पटक बिग्रेर दु:ख दिने भएका कारण आगो लगाएको उनीहरूले बयान दिएका छन्। टिपरधनी घोराहीका थानेश्वर भण्डारी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]