०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मधेश प्रदेशमा तस्कर र प्रहरीबीच झडप, तीन राउण्ड हवाइ फायर

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,७ भाद्र । जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामग्री नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिने क्रममा तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करीको सामग्री लुकाएको आशंकामा मंगलबार दिउँसो प्रहरीले घर खानतलासी गर्न पुगेका थिए ।

तर, स्थानीयले घर खानतलासीमा अवरोध गर्दा प्रहरीसँग विवाद भएको थियो । सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त झडपमा केहि प्रहरी र स्थानीय घाइते भएका छन् ।

तस्करीका के कस्तो सामग्री बरामद गरियो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]