३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

धनुषामा चार लाखबढीको अवैध मालसमान बरामद

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ भाद्र।धनुषा जिल्लाको विभिन्न स्थानबाट ४ लाख ६५ हजार ९५० रुपियाँ मुल्यको अवैध खाद्यन्न तथा लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले सोमबार राती नगराइन नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिकास्थित भारतीय सीमा नजिकबाट सो सामानहरु बरामद भएको बताए ।

भारतबाट भन्सार छलेर लुकिछिपी ल्याइरहेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखेर तस्करहरुले सामान छोडेर भागेको हुनसक्ने अनुमान प्रहरीको छ ।

वेवारिस अवस्था भेटिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]