१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सर्लाहीमा विभिन्न पार्टीका दर्जनौं नेता जनमतमा गरे प्रवेश

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेअक
जनकपुरधाम,८ भाद्र। सर्लाहीमा विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बुधबार हरिपुर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस ,माओवादी केन्द्र,एमालेसहितका पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका हदिस अंसारी ,माओवादी केन्द्रका नेता फेकु साह र नेकपा एमालेका नेता अहमद अंसारी र अब्दुल सलामसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ता रहेको छ।

उनिहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य राजेन्द्र राय र सर्लाही क्षेत्र नं.१ का केन्द्रीय परिवेक्षक सुबोध कुमार मण्डलले संयुक्त रुपमा फुलमाला र अबिर लगाएर पार्टीमा भित्र्याउनुभएको छ।सो कार्यक्रममा पार्टी युवा नेता सफरुदिन अंसारीको उपस्थितिसमेत रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]