१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

सिरहा शिक्षा ईकाइका महतोको सरुवा भएपनि असुली गर्दै

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
लहान, ९ भाद्र । घुसको लत लागेपछि सरुवा बढुवालाई पनि नियन्त्रण गर्न सकिन्छ । सिरहामा आजभोली यस्तै घुस लतका एक शाखा अधिकृत तलमाथी मिलाएर सक्रिय छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ ।

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय अनुसार रास्ट्रिय किताब खाना मा कार्यरत देखाइरहेको छ । तर, महतो सिरहा शिक्षा ईकाईमा रकम असुली लागेका छन् ।

रामबृक्ष महतोले निजामती सेवा नियमावली २०५० को नियम ३९ र ४० बिपरित सिरहा इकाईमा घुस कारोबारमा सक्रिय छन् ।
महतोले शिक्षक सरुवा, बढुवा र कार्यालय कार्यमा नक्कली बील बनाएर घुसखोरी तिब्र पारेको छ ।

नाम सार्वजनिक नगरिदिने सर्तमा एक शिक्षकले महतोको सरुवा भएपनि माथिलो निकायलाई मिलाएर थमोटीको चक्करमा छन् । महतो घुसखोरीमा सक्रिय हुँदा सिरहाका शिक्षक संघसंगठनले विरोध गरेको छ ।

पद्को दुरुपयोग गरि घुसखोरीमा सक्रिय रहेपनि सरोकारबाला निकाय मौन छन् । दुधको साक्षी विरालो सरह सरोकारवाला निकाय चुपी साधेका छन् । जहाँ सरुवा भएको २१ दिनभित्र हाजिर हुन नगए बिभागिय कारबाही हुने व्यवस्था छ । महतोको हक यो लागु हुन्छ हुँदैन ? एक शिक्षकको प्रश्न छ । यसवारे महतोलाई मोबाइल नम्बर ९८५२८३१५१५ मा सम्पर्क गर्दा स्वीचअफ गरिएको छ ।नवसंग्राम दैनिकमा आज छापिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]