१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

लोसपा नेता सिंहको नेतृत्वमा २ हजार भन्दाबढी जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,९ भाद्र।दुई हजार ३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्।

लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराएका हुन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने डा.राउतले घोषणा गरिसकेका छन्।

उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा.राउतले चुनाव लड्ने भएपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको इन्चार्ज झाले बताएकी छिन् ।

२०७४ को चुनावमा सिंह तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]