०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बालुवासहित भारतीय ट्याक्टर सशस्त्र प्रहरीको कब्जामा

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
सघारा,९ भाद्र। अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी नेपालबाट भारत ओसार–पसारमा प्रयोग भइरहेको भारतिय ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

धनुषाको जनकनन्दिनी गाउँपालिका -१ इनर्वास्थित कमला नदिबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर भारत तर्फ लगिरहेको अबस्थामा नम्बर नखुलेका भारतिय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएका हुन।

नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसारपसार गरिरहेको सुचनाको आधारमा सशस्त्र प्रहरी बल ईनर्वाबाट खटिएको प्रहरीको टोलीले भारततर्फ लैजाँदै गरेको बालुवा सहितको भारतिय ट्याक्टर दिउँसो करिब २ बजे दसगजा क्षेत्रबाटै नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सारमा बुझाइएको सशस्त्र प्रहरी बल ईनर्वाका इन्चार्ज सन्जु खत्रीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]