१६ मंसिर २०८०, शनिबार
02-12-2023 , Sat
×

श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय

Logo
प्रकाशित शनिबार, भाद्र ११, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,११ भाद्र। सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, ‘पछि भोजको खर्च जोड्दा साढे ५ लाख रुपैयाँ हुने देखियो । त्यसपछि निर्णय परिवर्तन गरेको छु ।’

उनका अनुसार अब त्यो रकममा अरु केहि रकम थपेर एम्बुलेन्स किनिने छ । ‘गाउँमा एम्बुलेन्स छैन्, कोहि बिरामी पर्दा बाहिरबाट मगाउनुपर्ने स्थिति छ’, उनी भन्छन्, ‘त्यही भएर श्राद्धको भोज नगरी एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छौं ।’
गाउँका भद्रभलाद्मी सबैले यसमा सहमति जनाएको वडाअध्यक्ष यादवले बताए ।

‘भोजमा मान्छेले एक छाक खान्छन् । खाएको कुरा भोलि बिर्सन्छन्’ उनी भन्छन्, ‘यसैले भोज नगरी एम्बुलेन्स किनेर गाउँलेको सेवाका लागि तयारी राख्नेछु ।’

उनका हजुरबुवा दुलारचन्द गोठियाको एक वर्षअघि र हजुरआमा असलानी देवीको एक साताअघि मात्रै निधन भएको छ । वडा अध्यक्ष यादवले हजुरबुवा र हजुरआमाको स्मृतिमा एम्बुलेन्स किन्ने बताए । एम्बुलेन्स किन्नका लागि प्रकृया सुरु गरिसकेको उनले बताए ।

एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइने उनले बताए । ‘इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्छौं’ उनले भने । एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सबको अवसरमा महाकमला आरतीको आयोजना गरिएको थिए ।सोही अवसरमा सभापति लामिछाने आरतिमा सहभागी भएका थिए । आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् । अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई […]

मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं । मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण […]