०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जसपाका सयौं जना जनमत पार्टी प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
भैरहवा,१२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्वअध्यक्ष एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जयसवालसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता–कार्यकर्ता भेटघाट एवम् निर्वाचनकेन्द्रित प्रशिक्षणमा अध्यक्ष डा. सीके राउतले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अघिमात्र जसपा परित्याग गरी स्वतन्त्र बसेका जयसवालाई पार्टी केन्द्रीय सचिव भोपेन्द्र यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता, नेताहरू रामदेव यादव र विकासप्रसाद लोधलगायतले पार्टीमा स्वागत गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारसमेत भएका थिए । उनको जनमत प्रवेशले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नयाँ चर्चा चुलिएको छ ।

उनी जनमतका तर्फबाट सो क्षेत्रको प्रदेशसभा सदस्य पदका लागि सम्भावित उम्मेदवार हुन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता–कार्यकर्ता यो पार्टीमा प्रवेश गरेको केन्द्रीय सचिव भोपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]