०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जसपाका सयौं जना जनमत पार्टी प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
भैरहवा,१२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्वअध्यक्ष एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जयसवालसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता–कार्यकर्ता भेटघाट एवम् निर्वाचनकेन्द्रित प्रशिक्षणमा अध्यक्ष डा. सीके राउतले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अघिमात्र जसपा परित्याग गरी स्वतन्त्र बसेका जयसवालाई पार्टी केन्द्रीय सचिव भोपेन्द्र यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता, नेताहरू रामदेव यादव र विकासप्रसाद लोधलगायतले पार्टीमा स्वागत गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारसमेत भएका थिए । उनको जनमत प्रवेशले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नयाँ चर्चा चुलिएको छ ।

उनी जनमतका तर्फबाट सो क्षेत्रको प्रदेशसभा सदस्य पदका लागि सम्भावित उम्मेदवार हुन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता–कार्यकर्ता यो पार्टीमा प्रवेश गरेको केन्द्रीय सचिव भोपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]