२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

माओवादी नेता शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही ,१२ भाद्र।माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१ जना विभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जानकारी दिएको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले असुरैनामामा एक कार्यक्रम बिच पार्टीमा फुलमाला लगाएर प्रवेश गराएका हुन् ।

२०७४ को चुनावमा शुक्ला सम्मरीमाई गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]