०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

कमला नगरपालिका : खाल्डाखुल्डीकै कारण सवारी साधन आवतजावतमा समस्या

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ ।

नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए।

कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड अन्तर्गत रहेका सडकमा जताततै खाल्डाखुल्डीको कारण दिन्हु दुर्घटना भैरहेको कमला नगरपालिका वडा नम्बर ५ का स्थानीय युवा संजिव यादवले बताए।

विगत ५ वर्षदेखी बरेर्वा,टरिया,लक्कर ,सखुवा र मडानका सर्वसाधारण जनतालाई सडक मर्मत नहुदा आवतजावतमा निकै समस्या भैरहेको छ।नगरपालिकाको कार्यलय ,बैंक ,हाटबजार जाने मुख्य बाटोको रुपमा यो बाटो रहेको छ।

गत वर्ष वर्षाको पानीले बाटो भत्काएको थिए।सो ठाउँमा नगरपालिकाले करिब १० लाख खर्ज गरेर सडक बनाएपनी खाल्डाखुल्डी अहिलेसम्म भरेको छैन।तर, कमला नगरपालिकाका मेयर विशेश्वर यादवको नजर यहाँसम्म पुगेको छैन ।जबकी मेयर यादवको घर जाने बाटोपनि उहीँ रहेको छ।

मेयर यादवले आफ्नै झण्डा बाला गाडीमा बसेर ५-६ किलोमीटर घुमेर कमला नगरपालिका ५ लक्करको बौकु टोल जाने गर्छ।तर यो बाटो मर्मतसम्भार गरेपछि २-३ किलोमिटर मात्रै पर्ने स्थानीयबासीले बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]