०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नवलपरासीमा कांग्रेस नेता संतोष गिरिसहित २ सय जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
नवलपरासी ,१२ भाद्र।नेपाली कांग्रेसका युवा नेता संतोष गिरिसहित विभिन्न पार्टीका दुई सय नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

जनमत पार्टी नवलपरासीले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएको पार्टीका केन्द्रिय सदस्य बाल गोबिन्द चौधरीले जानकारी दिएको छ।नव प्रवेशीहरुलाई जनमत पार्टीको सदस्यतासमेत अध्यक्ष राउतले दिएको छ।

जनमत पार्टी नवलपरासी जिल्ला इन्चार्ज शरदा कुमारी चौधरीकी अध्यक्षतामा भएकी कार्यक्रममा पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादव ,केन्द्रिय सदस्य बाल गोबिन्द चौधरी ,शैलेश कुमार चौधरीको उपस्थितिमा कार्यक्रम भएको हो।उक्त कार्यक्रम दिपक गुप्ताले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]