२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नवलपरासीमा कांग्रेस नेता संतोष गिरिसहित २ सय जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
नवलपरासी ,१२ भाद्र।नेपाली कांग्रेसका युवा नेता संतोष गिरिसहित विभिन्न पार्टीका दुई सय नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

जनमत पार्टी नवलपरासीले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएको पार्टीका केन्द्रिय सदस्य बाल गोबिन्द चौधरीले जानकारी दिएको छ।नव प्रवेशीहरुलाई जनमत पार्टीको सदस्यतासमेत अध्यक्ष राउतले दिएको छ।

जनमत पार्टी नवलपरासी जिल्ला इन्चार्ज शरदा कुमारी चौधरीकी अध्यक्षतामा भएकी कार्यक्रममा पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादव ,केन्द्रिय सदस्य बाल गोबिन्द चौधरी ,शैलेश कुमार चौधरीको उपस्थितिमा कार्यक्रम भएको हो।उक्त कार्यक्रम दिपक गुप्ताले संचालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]