१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लोसपाका केन्द्रिय सदस्य गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

जनमत पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेताहरु जनमत पार्टीमा प्रवेश गरेका पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादवले जानकारी दिएका हुन।

नेपाल सदभावना पार्टीका नेता तथा राप्रपाका पुर्व केन्द्रिय महासचिव कैलाश गुरुङ ,नेपाल भारत मैत्री संघका पुर्व राष्ट्रिय अध्यक्ष मुरारी अग्रवाललगाइतका विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]