१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

लोसपाका केन्द्रिय सदस्य गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

जनमत पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेताहरु जनमत पार्टीमा प्रवेश गरेका पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादवले जानकारी दिएका हुन।

नेपाल सदभावना पार्टीका नेता तथा राप्रपाका पुर्व केन्द्रिय महासचिव कैलाश गुरुङ ,नेपाल भारत मैत्री संघका पुर्व राष्ट्रिय अध्यक्ष मुरारी अग्रवाललगाइतका विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]