२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सघारामा विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका खुल्लामै दिसापिसाब गर्न बाध्य

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भाद्र। धनुषाको कमला नगरपालिकामा विद्यालयमा शौचालयको व्यवस्थापन नहुदा विद्यार्थीहरु वरण्डाबाटै पिशाव फेर्न वाध्य भएको दृश्य देख्न पाइएको छ ।

नगरपािलकाको वाड नं. ४ सघारास्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरु बरण्डा र चौरमा दौडधुप गरिरहेको थिए। आइतबार १२ बजे सम्म कक्षामा शिक्षक पुगेका थिएन । कक्षा २ मा अध्यनरत रहेको एक विद्यार्थीले विद्यालयको बरण्डाबाटै पिसाब गर्दै थिए ।

कमला नगरपालिका खुल्लामा दिसापिसाब मुक्त घोषणा भएको करिब ४ वर्ष भन्दाबढी भएपनी विद्यालय जस्तो ठाउँमा शौचालय उचित व्यवस्थापन नहुनु दुस्खद रहेको स्थानीय प्रमोद मण्डलले बताए।

प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् ।बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ उनको भनाई थियो ।

मण्डलले भने धनुषाको कमला नगरपालिका -४ सघारामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका खुल्ला दिसापिसाब गर्न बाध्य छ्न। स्थानिय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।

कमला नगरपालिका ४ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेको स्थानीयको भनाइ छ ।

नयाँ भवन बनाउनको लागि विद्यालयबाट कमला नगरपालिका ,मधेश प्रदेश सरकारलाई पटक पटक माग गरेपनी थप लगानी गर्नको लागि अहिलेसम्म कुनै चासो लिएको छैन ।

पुरानो आठ कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनको चौर, बरन्डाको भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद लखन्दै गुनासो गरिन् ।

नयाँ शैक्षिकसत्र सुरु भएको ४ महिना भन्दाबढी भैसकेको छ।तर ,अहिलेसम्म विद्यार्थीहरुलाई पाठ्यसामग्री नदिएपछि उनिहरुलाई पठनपाठनमा समस्या भैरहेको विद्यार्थीहरुले गुनासो गरेका छ्न।

१ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग विद्यालयले २ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।

विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ ।

हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन् ।सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।

विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरणनै देखिँदैन् ।अहिले दुई वटा शिक्षकको दरबन्दीमात्रै रहेको छ।दुई वटा

विद्यालयमा अहिले जम्मा ८ वटा कोठा छ ।जसमा एउटा कोठामा प्रशासनिक कक्ष रहेको छ।सोही प्रशासनिक कोठामै समानहरु जताततै राखिएको देखिएको छ।व्यवस्थित नहरेकोले प्रधानध्यापक देवेन्द्र प्रसाद लखन्दैले १ कक्षामा विद्यार्थीहरु संगै पसेर प्रशासनिक कार्य गरिएको देखिएको छ।

नगरपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।

कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवले अहिले नगर परिषद नभएको कारणले अहिले केही गर्न सक्दैनन् ।विद्यार्थी पहिला भन्दा बढी भएकोले उनिहरुलाई पाठ्यसामग्री प्राप्त नभएको उनले बताए।नगरपरिषद भएपछि मात्रै बजेट राख्ने उनको मनसाय रहेको थियो।

धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । कमला नगरपालिकाका यो विद्यालय एउटा प्रतिनिधि मात्रै रहेको छ।यस्ता समस्याहरु अरु विद्यालयहरुमासमेत रहेको कमला युवा संजालका सचिव चन्द्रदिप यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]