२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

उपेन्द्र यादवको नाम बाराबाट सिफारिस !

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ भाद्र । आगाी प्रतिनिसभा निर्वाचनका लाथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम बाराबाट सिफारिस भएको छ । उनको नाब बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो ।

यादव यसअघि ०७४ निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने तयारी गरेका छन् । सप्तरीबाट चुनाव लडे यादवलाई सीके राउतले बलियो चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।

पहिले जितेको ठाउँबाट यादवले लड्न नचाहे उनी बारा–२ लड्न सक्नेगरी नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष लालबाबु सिंहले जानकारी दिए ।

अध्यक्ष यादवको नाम सिफारिस भएकै क्षेत्रबाट जसपा नेता रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस भएको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।

क्षेत्रीय अध्यक्ष सिंहका अनुसार प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबुप्रसाद यादव, शारदा शंकरप्रसाद साह, मुकेश कुशवाहा, आत्मरामप्रसाद साह, विनोदप्रसाद यादव, शंकरप्रसाद यादव, नागेन्द्रप्रसाद यादव र शिव शंकरप्रसाद यादवको नाम सिफारिस भएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’ बच्चा राउत अहिर, अवध भुषणप्रसाद यादव, राम किशोरप्रसाद यादव, प्रमोदप्रसाद यादव, लालबाबु सिंह, अमरदेपप्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रम्हदेव पासवान, शम्भुप्रसाद सिंह, राम सागरप्रसाद यादवको नाम सिफारिस गरिएको अध्यक्ष सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]