१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

लोसपा र जनता प्रगतिशील पार्टीबीच चुनावी गठबन्धन गर्ने निर्णय

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ ।

मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए ।

गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता समिति संयोजक अरगरिया, सदस्यहरु केशव झा र डा. सुरेन्द्र कुमार झा तथा जनता प्रगतिशी पार्टीको तर्फबाट वार्ता समिति संयोजक डा. शिवजी यादव र सदस्य बाबा सरकार श्रेष्ठ हस्ताक्षर गरेका छन् ।

लोसपाले आसन्न निर्वाचनमा एजेण्डा मिल्ने मधेसी दलहरुसँग गठबन्धन तथा सहकार्यका लागि पूर्वमन्त्री समेत रहेका अरगरियाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । वार्ता समिति संयोजक अरगरियाले अन्य मधेसी दलसँग पनि गठबन्धन गर्न सकिने र त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]