३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सांसद यादवको राजीनामा फिर्ता

Logo
प्रकाशित आइतबार, भाद्र ०१, २०७६

काठमाडौं। समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएको छ ।

सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी गराएको छ ।

सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।

पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]