२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

मधेशभर आज सम्झिए सहिद ‘राममनोहर यादव’ !

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र।मधेश स्वराज आन्दोलनका प्रथम सहिद रामम्नोहर यादवको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस बुधबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरि मनाएको हो।

सहिद यादवको सम्झनामा जनमत पार्टी बाँकेले उनकै गृहपालिका जानकी गाउँपालिकाको पिपरहवा चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थिए।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहिद यादवको आमा,भाइ,छोरासहित उनको परिवारजनलाई सम्मान गरेको हो।

सहिद यादवको सम्झनामा जनमत पार्टी बुधबार जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयसहित मधेशभरका जिल्लाहरुमा स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्मान एवं सम्झनामा मैनवत्ती प्रज्वलन गरिएको छ।

जनमत पार्टीका केन्द्रिय सचिव अनिता साहले सहिद राममनोहरको श्रद्धाञ्जली दिदै भनिन् ,जनमत पार्टीले सहित राममनोहर यादवको सपना पूरा गर्नको लागि कुनै कसर बाँकी नछाड्ने उनले बताइन् ।

तत्कालीन संघिय समाजवादी फोरम तथा अहिलेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गत २०७५ भाद्र ७ गतेको बर्दियामा कालो झण्डा देखाएपछी उनकै आदेशमा पक्राउ परेका यादवलाई भाद्र १५ गते आजैको दिन प्रहरी हिरासतमै शंकास्पद मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]