०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेशभर आज सम्झिए सहिद ‘राममनोहर यादव’ !

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र।मधेश स्वराज आन्दोलनका प्रथम सहिद रामम्नोहर यादवको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस बुधबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरि मनाएको हो।

सहिद यादवको सम्झनामा जनमत पार्टी बाँकेले उनकै गृहपालिका जानकी गाउँपालिकाको पिपरहवा चौकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थिए।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहिद यादवको आमा,भाइ,छोरासहित उनको परिवारजनलाई सम्मान गरेको हो।

सहिद यादवको सम्झनामा जनमत पार्टी बुधबार जनकपुरधामस्थित पार्टीका केन्द्रिय सचिवालयसहित मधेशभरका जिल्लाहरुमा स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्मान एवं सम्झनामा मैनवत्ती प्रज्वलन गरिएको छ।

जनमत पार्टीका केन्द्रिय सचिव अनिता साहले सहिद राममनोहरको श्रद्धाञ्जली दिदै भनिन् ,जनमत पार्टीले सहित राममनोहर यादवको सपना पूरा गर्नको लागि कुनै कसर बाँकी नछाड्ने उनले बताइन् ।

तत्कालीन संघिय समाजवादी फोरम तथा अहिलेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गत २०७५ भाद्र ७ गतेको बर्दियामा कालो झण्डा देखाएपछी उनकै आदेशमा पक्राउ परेका यादवलाई भाद्र १५ गते आजैको दिन प्रहरी हिरासतमै शंकास्पद मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]