०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जिउदै मान्छेलाई इँटा भट्टामा हाल्ने आलम कांग्रेसको उम्मेदवार सिफारिस

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१६भाद्र । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ। श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]