०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

गुणस्तरहिन कामको बारेमा आवाज उठाउने माथि निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, भाद्र ०२, २०७६

जनकपुरधाम।गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ ।

धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएका छन ।

आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते पण्डीतको टाउको मा बढि चोट लागेकोले सोमवार उनलाई धरान रेफर गरिएको छ । आइतवार पण्डीतले आफुले चलाउदै आएको फेसवुक पेज खजुरी डटकममा बजार सेट निमार्ण भएको एक महिनामा नै भत्किएको भन्दै केहि तस्वीरहरु अपलोड समेत गरेका थिए ।

सोहि विषयलाई रिसीवी बनाएर सो सेट बनाउने उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल,राजपाका धनुुषा जिल्ला उपाध्यक्ष सुनिल मण्डल ,सचिन मण्डल ,वृक्षा मण्डल लगायतका डेढ दजर्न समुहले आफु एक्लै भएको समयमा घेरेर निर्घात कुटपिट गरैको घाइते पण्डीतले वताए ।

यता कुटपिट गर्ने मध्ये अशोक मण्डल र सुनील मण्डललाई इलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको जनाइएको छ । घटनाको विषयमा छानवीन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर चौधरीले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]