२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सिरहामा करेण्ट लागेर तीनको मृत्य

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१८ भाद्र । सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ ।

बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए । बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पस्दा करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए।

सिरहा नगरपालिकामा करेन्ट लागेर एक बालिकाको यही भदौ ११ गते मृत्यु भएको थियो । कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिरहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]