०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बारामा प्रहरी र डाँका समूहबीच मध्यरातमा भीडन्त

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,१९ भाद्र । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

डाँका समूहले फायर खोलेपछि प्रतिकारमा प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लुटपाट गर्न आएका डाँका समूहका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘मध्यरातमा उद्योगमा लुटपाट गर्न आएका डाका समूहका दुर्ई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक÷एक थान र तीन राउण्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियारसहित उनीहरू उद्योग छिरेका थिए ।

प्रहरी टोली उद्योग पुगेपछि डाँकाबीच दोहोरो भिडन्त भएको थियो । सोक्रममा वरिष्ठ सई शाही घाइते भएको प्रहरीले जनाएको छ । डाँका समूहका एक जनाले फलामको सईमाथि रड प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]