०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

धनुषाको छुट्टाछुट्टै क्षेत्रबाट महासेठ दम्पती सिफारिस

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, धनुषाले रघुवीर महासेठ र उनकी पत्नी जुली महासेठलाई छुट्टाछुट्टै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले रघुबीरको नाम धनुषा क्षेत्र नम्बर ४ बाट र जुलीको नाम धनुषा क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार दुवैको नाम सर्वसम्मतले सिफारिस भएको छ ।

क्षेत्रीय समितिबाट भएको सिफारिस जिल्ला कमिटिमा आउने र यहाँबाट प्रदेश कमिटिमा पठाइने उनले बताए ।

पार्टीका केन्द्रीय सचिव र मधेश प्रदेशका इन्चार्ज समेत रहेका रघुबीर २०७४ को निर्वाचनमा धनुषा ४ बाट निर्वाचित भएका थिए ।

जुली सिफारिस भएको क्षेत्र नम्बर ३ मा यसअघि लोसपा नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । महतो यस पटक पनि यहीं क्षेत्रबाट चुनाव लड्ने तयारी गर्दैछन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]