२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

सिरहामा जसपालाई ठूलो धक्का,दर्जनौं नेता लोसपा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र नगर सदस्यसहित दर्जनौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

सिरहाका पवन कुमार भण्डारी, पचलाल महतो, सुबोध कुमार सिंह, रोहित महतो, संजीव कुमार यादव, देवेन्द्र कुमार महतो, कुलानन्द झा, कुशेश्वर प्रसाद महतो लगायतले जसपा परित्याग लोसपाको सदस्यता ग्रहण गरेका छन् ।

नवप्रवेशीहरुलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता डा.सुरेन्द्र झालगायतले पार्टीमा स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]