२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

रौतहटमा करेन्ट लागेर १४ वर्षीय बालिकाको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

परबिन कुमार पण्डित
जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।

जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]