१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

मानव बेचबिखन रोक्न आमजनतामा जनचेतना जगाउनु पर्छ : उपसचिव खत्री

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० भाद्र।महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकी खत्रीले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छ्न ।

‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका १६ औं राष्ट्रिय दिवसका अवसरमा माईती नेपाल धनुषाले जनकपुरको जानकी मन्दिरबाट विरुद्ध र्याली निकालिएको थिए।सो र्यालिमा ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’ जस्ता नारा लगाउदै जनक चौक ,शिव चौक,भानु चौक हुँदै रेल्वे स्टेसनमा पुगेर कोणसभामा परिन्त गरेको थिए।

माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवको अध्यक्षतामा भएको कोणसभामा उपसचिव खत्रीले यस्तो बताएकी हुन् ।

मधेश प्रदेशका आठै जिल्लाहरु भारतको सिमासंग जोडिएको भएर मानव बेचबिखनको मुख्य केन्द्र बिन्दु अहिले मधेश प्रदेशबाट भारतको विभिन्न स्थानमा रहेको यौन शोषण गर्ने केन्द्रहरुमा लग्ने सजिलो बाटो रहेको उपसचिव खत्रीले बताइन।उनले भन्नुभयो,’अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा बढी मानव तस्करी तथा बालबालिका बेचबिखन हुनेबाट अछुतो रहेको छैन।’ मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएकोले सबै मिलेर जनचेतना जगाउनुपर्ने उनले बताइन ।

मानव बेचबिखन जुन कुरितीलाई हटाउनको लागि यो कार्यक्रम गरिएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवले बताए।उनले भन्नुभयो, ‘मधेश प्रदेशको राजधानीसमेत रहेका जनकपुरसहित देशभरीका आमजनतामा जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको छ।’

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,राष्ट्रिय मानव आयोग,मानव अधिकारको लागि महिला एकल समुह,लाईफ नेपाल ,आफन्त नेपाल ,ओरेक नेपाल ,महिला विकास सेवा केन्द्र ,स्पर्श नेपाल ,आसमान नेपाल ,सुरक्षाकर्मीसहित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]