०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

अनुसन्धानको क्रममा दवाव प्रभावमा नपर्न प्रदेश प्रहरीलाई मुख्यमन्त्री राउतको निर्देशन

Logo
प्रकाशित सोमबार, भाद्र ०२, २०७६

आतिश मिश्रा,जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ ।

प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो ।

शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्था प्रति सम्वेदनशिल रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयो ।

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमि नराखिने बताउनु भयो । उहाँले एकाइसौ सताव्दीमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]