०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

राज्यमन्त्री बोधमायाको नाम प्रदेश सांसदमा सिफारिस

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ भाद्र । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेकाे छ ।

मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो ।

मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ ।

याे क्षेत्रमा प्रतिनिधि सभातर्फ भने मातृका यादवको एकल नाम सिफारिस भएको छ । मातृका यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]