२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मोटरसाइकल चोरी गरेका ३ जना युवक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, भाद्र ०२, २०७६

रौतहट । मोटरसाइकल चोरी गरेको ३ जना युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ ।

चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का सोनालाल प्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको भोलिपल्ट साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी–९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने चोर गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनैजना मोटरसाइल चोरहरु रहेको खुल्न आएको छ ।

रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनीहरुको साथबाटस्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद भएको एसपी खत्रीले बताए ।

पक्राउ परेका चोरीका आरोपीहरुले रौतहटबाट ३ वटा मोटरसाइकल चारेी गरेको स्वीकारेको छन् । उनीहरुले गत असार १९ गते चन्द्रपुर–४ बाट ना६२प९४९० नम्बरको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल चोरेको प्रहरी समक्ष बयान दिएका छन् ।

यस्तै गत साउन २९ गते सोही ठाँउ बाट ०२३–००१ प ४२२० नम्बरको १५० सिसिको कालो पल्सर र मौलापुरस्थित इन्द्रधनुुष पेट्रोलपम्प अगाडीबाट बिआर ३०यु६६०६ नम्बरको १५० सिसिको कालो पल्सर चोरेर ल्याएको स्विकार गरिसकेको एसपी खत्रीले बताए ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ । कतिपय मोटरसाइकलको पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको छ ।

उनीहरुविरुद्ध चोरी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रहरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]