१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

नेपालकै दोस्रो लामो झोलुंगे पुल कमला नदीमा निर्माण सुरु

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

सुरेन्द्र कामती
सिरहा,२२ भाद्र।सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ।

सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो।

सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने कमला नदीमा पायल धसाउने कामको सुरुवात गरेको छ।

सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका साइट इन्जिनियर उपेन्द्र देवकोटाले मंगलबार १५ मिटर जमिनमुनि पायल धसाउने काम भएको बताएका छन्। ‘हामीले पायल गर्ने काम सुरु गर्याैँ,’ इन्जिनियर देवकोटाले भने, ‘२१ मिटर पायल गर्नुपर्छ। १५ मिटरमुनि ग्राभेल र कोइलाजस्तो कालो आइरहेको छ।’- नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]