०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

वडाध्यक्ष दिलिप यादवलाई पितृ शोक

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

न्यूजमधेश डेस्क
कमला,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिका -४ खजुरीका वडाध्यक्ष दिलिप कुमार यादवलाई पितृ शोक परेको छ।

७० वर्षीय बुवा जितनारायण यादवको निधन भएसगैं वडाध्यक्ष यादवलाई पितृ शोक परेको हो।

वडाध्यक्ष यादवको बुवाको बुधबार बिहान करिब २ बजे उहाँको आफ्नै निवास खजुरीमा निधन भएको थिए।

उनि महाबिर स्पोर्ट क्लब खजुरीका संस्थापक सदस्यसमेत रहेका थिए।उनलाई नेपाल कांग्रेससहित विभिन्न पार्टीका नेताहरु फुलमला अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए।

मृतक यादवलाई नेपाल कांग्रेसका झण्डा ओढाएर सम्मानका साथ दाहसंस्कार गरिएको छ।

वडाध्यक्ष यादवसहित ३ छोरा र २ छोरी रहेका छन् । यता,जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले मृतक यादव प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका हुन।अध्यक्ष यादवले मृतकको आत्माको चिरशान्तिको कामनासमेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]