१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

वडाध्यक्ष दिलिप यादवलाई पितृ शोक

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

न्यूजमधेश डेस्क
कमला,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिका -४ खजुरीका वडाध्यक्ष दिलिप कुमार यादवलाई पितृ शोक परेको छ।

७० वर्षीय बुवा जितनारायण यादवको निधन भएसगैं वडाध्यक्ष यादवलाई पितृ शोक परेको हो।

वडाध्यक्ष यादवको बुवाको बुधबार बिहान करिब २ बजे उहाँको आफ्नै निवास खजुरीमा निधन भएको थिए।

उनि महाबिर स्पोर्ट क्लब खजुरीका संस्थापक सदस्यसमेत रहेका थिए।उनलाई नेपाल कांग्रेससहित विभिन्न पार्टीका नेताहरु फुलमला अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए।

मृतक यादवलाई नेपाल कांग्रेसका झण्डा ओढाएर सम्मानका साथ दाहसंस्कार गरिएको छ।

वडाध्यक्ष यादवसहित ३ छोरा र २ छोरी रहेका छन् । यता,जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले मृतक यादव प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका हुन।अध्यक्ष यादवले मृतकको आत्माको चिरशान्तिको कामनासमेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]