२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् ।

कोइरालाले भने, ‘ नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।’ कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।

फरक प्रसङ्गमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियरुपमा बिपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]