२१ मंसिर २०८०, बिहिबार
07-12-2023 , Thu
×

हिरासतमै जीवन हरण, सालको रूख काटेको आरोपमा अनुसन्धानमा रहेकाकै मृत्यु

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२५ भाद्र । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतमै यही भदौ ४ गते मृत्यु भयो।

छपान (नम्बरिङ) गरिएका सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेपछि उनका परिवार तथा आफन्तले शव नबुझीकन आन्दोलन गरे।

डिभिजन वन कार्यालय र प्रदेश सरकारबीच पीडित परिवारको माग सम्बोधन गर्ने सहमति भएपछि तीन दिनपछि आफन्तले शव बुझे।

अपराध गरेको आरोपमा राज्य पक्षले पक्राउ गरी हिरासतमा राखेका व्यक्तिको ज्यान गएको धेरैलाई पत्यार नलाग्न सक्छ। तर हिरासतमा लिइएका व्यक्ति असुरक्षित हुने गरेका छन् ।

उल्लिखित घटना त्यसैको एउटा दृष्टान्त मात्रै हो । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार डेढ वर्षको अवधिमा आठ व्यक्तिको हिरासतमै मृत्यु भएको छ।

अपराध प्रमाणित नहुँदासम्म आरोपितलाई म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ। तर यति छोटो अवधिमै व्यक्तिको जीवन जोखिममा पर्ने गरेको पाइएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । कार्यालयको आइतबार मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्नुभयो । सदरमुकाम मलङ्गवामै यो कार्यालय स्थापना भएपछि सर्लाहीका स्थानीयले अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, […]

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलामा कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सबको अवसरमा महाकमला आरतीको आयोजना गरिएको थिए ।सोही अवसरमा सभापति लामिछाने आरतिमा सहभागी भएका थिए । आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् । अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई […]