१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र।वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्।

धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ।

उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]