२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र।वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्।

धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ।

उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]