२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

नेकपा एमाले पार्टी मधेशीको पार्टी हो : अध्यक्ष ओली

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका छ्न।

सोमबार जनकपुरधाममा नेकपा एमाले धनुषाले आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका हुन।

उनले यहाँ बसेका दुई चार जना मात्रै टोपी लगाएको पहाडी रहेको बाँकी सबै त मधेशीनै हुन ।त्यही भएर नेकपा एमाले मधेशीहरुको पनि पार्टी रहेको उनले बताए।

उनले नेकपा एमाले मधेशी,पहाडी र हिमालीसहित मेची नदिदेखि महाकालीसम्मका जनताको पार्टी रहेको बताए।उनले भन्नुभयो,’एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको विकास हुनेछ।’ ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]