१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

लौनियाँमा ५८ औं राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,३० भाद्र। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो ।

वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका मनिषा कुमारी मंडल प्रथम, श्री उमेश्वर आधारभूत विद्यालय लौनियाँका राम कृष्ण मंडल द्वितीय र सिद्धिदात्री बाल कल्वका कल्पना कुमारी मंडल तेश्रो तृतीय भएका छन् ।

त्यस्तै, पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीकी आरति कुमारी खंग र पुजा कुमारी ठाकुर तथा माँ जानकी बाल क्लबकी विनिता कुमारी मण्डल सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मंडलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलका प्रमुख आतिथ्यमे आयोजित कार्यक्रममा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीके शिक्षक चन्देश्वर खंग, उमेश्वर आधारभुत विद्यालयके प्रधानाध्यापक प्रदिप कुमार मंडल, सेभ द सप्तरीस मुकेश मण्डल, लगायतको उपस्थिती थियो ।

सो कार्यक्रममा बालबालिकाकाहरुलाई खेलकुद सामग्री समेत वितरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]