२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

जय नेपाल हलको कम्पाउण्डमा टुकुचा भेटिएपछि…

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ भाद्र। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफै खोजिमा जुटेको थियो।

महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो। काठमाडौ महानगरपालिका मेयर बालेन शाहले पछिल्लो समय अवैध संरचनाहरु हटाउने अभियानअन्तर्गत नै टुकुचा खोलाको खोजी सुरु भएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला परपरका क्षेत्रमा नै हराएपछि महानगरले आन्तरिक मार्किङ गर्दै डोजरले खनेको थियो। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचाको खोला भेटिएको छ।

उक्त क्षेत्रमा खोला नै पुरेर अतिक्रमण गरेको पुष्टि भएसँगै महानगरले डोजर चलाउन सुरु गरेको छ। लामो समयदेखि स्थानीयबासीहरुले टुकुचा मिचेर संरचना बनाएकाले खोजी गरिदिन महानगरलाई आग्रह गरेको थियो। अब महानगरले यसको सम्पूर्ण क्षेत्र खोज्दै अवैधानिक रुपमा निर्माण भएका सबै संरचना भत्काउने तयारी थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]