०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

आमरण अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न टोली गठन

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ भाद्र।स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

चिकित्सक संघका प्रतिनिधिलाई भने वार्तामा मध्यस्थता गर्ने गरी टोलीमा राखिएको बताइएको छ। वार्ता टोली गठनसँगै सरकारले डा केसीलाई अनसन तोड्न आग्रह गरेको छ। डा केसीले विभिन्न सात बुँदे माग राखेर पाँच दिनदेखि अनसनमा छन्। याे बिसाैं पटक अनसन हाे।

यस्तै, सरकारले वार्ता टोली गठन गरेसँगै डा केसीका तर्फबाट पनि वार्ता टोली गठन भएको छ। डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली गठन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]