१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सप्तरीको तिलाठी कोईलाडीमा डेंगु रोग सम्बन्धि जनचेतना फैलाउदै

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१ असोज ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गतका वडाहरुमा विभिन्न कार्यक्रम गरि डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रमकाे तिब्रता दिदै छन् ।

साेहि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी बीच गत मंगलबार भएको बैठककाे निर्णय अनुसार साे कार्यक्रम आयाेजना गरेकाे हाे ।

गाउँपालिका भरि लाउडस्पिकरसहित वडा, विद्यालय र स्वास्थय संस्थामा ब्यानर झुन्डियाउनुकासाथै आर आर टि टिम परिचालन गरि जनचेतना सम्बन्धि कार्य गरिरहेकाे गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक कुमार मण्डलले जानकारी दिए ।

साेहि अन्तर्गत बुधवार वडा नम्बर २ लाैनियाँमा, स्वास्थ्य चाैकी इन्चार्ज सञ्जय ठाकुरकाे नेतृत्वमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वयंसेवीका, स्वास्थ्य व्यवस्थापन समिति र स्थानीयहरु सहितकाे टाेलीले टाेलमा घर दैलाे गर्दै आफ्ना वरिपरी सरसफाई राख्न र पानी जम्न नदिन, लार्भा नष्ट गर्ने सहितका डेंगुबाट बच्ने उपायहरुबारे जनचेतनामूलक जानकारी दिइएको वडा अध्यक्ष कमल कुमार मण्डलले बताए ।

उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, जोड्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडाहरु दुख्ने, टाउको दुख्ने, वान्ता आउने लगायतका डेंगु रोगका लक्षण भएको जनचेतनामूलक कार्यक्रममा स्वास्थ्यकर्मी युवनारायण मण्डलकाे भनाइ थियो ।

उनका अनुसार डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नु आवश्यक छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुपर्दैन् ।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]