०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्युल

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असोज। सर्लाहीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको हो।

चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले घलानलाई मृत घोषणा गरिदिएपछि उनको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।

चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घालान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङ घाइते छन्।

घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]