०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जसपा नेता यादवसहित हजारौं जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरिएको हो।

अध्यक्ष डा.राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनमत पार्टी केन्द्रीय सदस्य सुरेन्द्र शर्मा , मदनेश चौधरी ,पार्टीका नेता सुर्यदेव यादव,जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता देवी झा,पार्टीका युवा नेता शम्भु यादव,बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगाइतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको पार्टीका नेता ऋषि केश ठाकुरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]