११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीद्वारा प्रदर्शन

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्।

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए।

नेता यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरिएको थियो।

सवारीसाधन आवागम ठप्प भएपछि प्रहरीले हस्तक्षेप गरेर राजमार्ग खुलाएको थियो।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सिरहाको औरही गाउँपालिकामा पार्टी प्रवेश तथा सभा सम्बोधन गर्न आज दिउँसो आउँदैछन्।

उनको निर्देशनपछि आन्दोलनबारे थप कार्यक्रम घोषणा हुनसक्ने यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]