११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

अब सभामुखले सूचना टाँस गरेर नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्छ : तमलोपा

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक भनेका छन् ।

संविधानको धारा ११३ को (४)ले १५ दिनभित्र पुनः पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था भएको भन्दै उनले राष्ट्रपतिले प्रमाणित नगरेर असंवैधानिक कार्य गरेको जनाएका हुन् ।

तराई मधेश लोकतन्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै अब प्रतिनिधिसभाको सभामुखले सूचना टाँसमार्फत नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यसअनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनुपर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं ।’

संवैधानिक र श्रृगांरिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउन कोशिस गरेको बताउँदै उनले राष्ट्रपछि भण्डारीले वीरेन्द्र शाहको बाटो पछ्याएको टिप्पणी गरेका छन् ।

संविधानको घेरा र आफ्नै देशको जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति पदमा बसिरहन योग्न नहुने बताउँदै उनले राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]