२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

रामविनोदलाई उच्च अदालतबाट राहत, जिल्ला अदालतकै फैसला सदर

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।सञ्चार उद्यमी अरुण सिँहानिया हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतका अभियुक्त उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतले बुधबार घटनाका मुख्य योजनाकार दाबी गरिएका पूर्वराज्यमन्त्री साहलाई जन्मकैद र अन्य अभियुक्तहरुका हकमा भएका जिल्ला अदालतको फैसला सदर हुनेगरी फैसला सुनाएको हो ।

घटनामा अभियुक्त बनाइएका र तीन वर्षको कैद जिल्ला अदालतले तोकेको रामविनोद यादवको हकमा पनि फैसला सदर भएको छ ।
यादव तीन वर्ष कैद सजाय भुक्तान गरी जेलमुक्त भइसकेका छन् ।

उच्च अदालतमा गत भदौ २९ गतेबाट सुनुवाइ भएको मुद्दामा यादवका तर्फबाट वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, अधिवक्ताहरु अजयकुमार पटेल, चन्द्र मैनाली, दीपक केसी र मुकेश कार्कीले बहस गरेको थिए,भने वादी नेपाल सरकार र जाहेरवालाका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा, शाखा अधिकृत राजलाल यादव, अधिवक्ता विपिनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए ।

जनकपुरका सिँघानियाको २०६६ साल फागुन १७ गते होलीका दिन स्थानीय शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]