१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

न्यूजाधेश डेस्क
जनकपुरधाम ,८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले धनुषाले तिनकौरियामा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित हुनुभएको थिए ‌।

जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा)मा गएको अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

१४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]