१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

बेटी पढाऊ – बेटी बचाऊ अभियान अन्तरगत महोत्तरीमा साइकल वितरण

Logo
प्रकाशित मंगलबार, भाद्र ०३, २०७६

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो ।

वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको छ ।

साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ ओटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनको ५ सय रुपैया दिने धोषना गर्नुभएको छ । उहाँले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए ।

मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो ।

राज्यमन्त्री कुशवाहाले प्रदेशलाई विकसित गर्न हामी सबैलाई महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]