१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असोज । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गर्नुभएको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेको छ ।

शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिनुभएको छ।

उहाँले बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको रहेको बताउनुभयो । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक निर्मल खडकाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]