२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

मधेसका मुख्यमन्त्रीलाई निहारिकाको फोनः पैसा नदिने भए ५ लाखको हल्ला किन पिटाएको ?

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१० असोज । मधेसको मन्त्रिपरिषद् बैठकले गत १० भदौमा ‘कुमारी आमा’ निहारिका राजपूतलाई ५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन भएको छैन ।

आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले बताइन् । यस विषयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले गुनासो राखेकी छन् ।

‘मैले आफ्नो छोरा जे-जसरी भए पनि हुर्काइरहेको छु । पैसा देउ भनेर मैले मागेको होइन, उनीहरु आफैंले निर्णय गरेका हुन् । मैले मिडियाबाट थाहा पाएँ । यसरी प्रचार भएपछि मैले चासो त राख्छु नि’, निहारिकाले भनिन् ।

मुख्यमन्त्रीलाई फोन गर्दा उनले प्रमुख सचिवको दोष देखाएको निहारिकाले बताइन् ।

‘मैले पैसा नदिने भए ५ लाखको प्रचार किन गर्नुभयो भनेर सोधें । उहाँले प्रमुख सचिवले अड्काइरहेका छन् भनेर मसित माफी माग्नुभयो’, उनले भनिन्, ‘उहाँ धेरै दिनदेखि कार्यालय नै नगएर अरु निर्णयहरु पनि प्रमुख सचिवका कारण कार्यान्वयन रोकिएका रहेछन् ।’

मुख्यमन्त्रीले उनलाई आफैं प्रमुख सचिवलाई फोन गर्न सुझाएका थिए । निहारिकाले गरिन् पनि । तर, चित्तबुझ्दो जवाफ पाइनन् ।
‘मैले मन्त्रिपरिषदको निर्णय किन कार्यान्वयन नभएको हो भनेर प्रश्न गर्दा उहाँले गैरजिम्मेवार जवाफ दिनुभयो’, निहारिकाले भनिन् ।

आर्थिक समस्याका कारण आफूलाई बच्चाको लालनपालनमा कठिनाइ भइरहेको उनले बताएकी छन् ।- नेपालप्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]