११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

मधेसका मुख्यमन्त्रीलाई निहारिकाको फोनः पैसा नदिने भए ५ लाखको हल्ला किन पिटाएको ?

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१० असोज । मधेसको मन्त्रिपरिषद् बैठकले गत १० भदौमा ‘कुमारी आमा’ निहारिका राजपूतलाई ५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन भएको छैन ।

आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले बताइन् । यस विषयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले गुनासो राखेकी छन् ।

‘मैले आफ्नो छोरा जे-जसरी भए पनि हुर्काइरहेको छु । पैसा देउ भनेर मैले मागेको होइन, उनीहरु आफैंले निर्णय गरेका हुन् । मैले मिडियाबाट थाहा पाएँ । यसरी प्रचार भएपछि मैले चासो त राख्छु नि’, निहारिकाले भनिन् ।

मुख्यमन्त्रीलाई फोन गर्दा उनले प्रमुख सचिवको दोष देखाएको निहारिकाले बताइन् ।

‘मैले पैसा नदिने भए ५ लाखको प्रचार किन गर्नुभयो भनेर सोधें । उहाँले प्रमुख सचिवले अड्काइरहेका छन् भनेर मसित माफी माग्नुभयो’, उनले भनिन्, ‘उहाँ धेरै दिनदेखि कार्यालय नै नगएर अरु निर्णयहरु पनि प्रमुख सचिवका कारण कार्यान्वयन रोकिएका रहेछन् ।’

मुख्यमन्त्रीले उनलाई आफैं प्रमुख सचिवलाई फोन गर्न सुझाएका थिए । निहारिकाले गरिन् पनि । तर, चित्तबुझ्दो जवाफ पाइनन् ।
‘मैले मन्त्रिपरिषदको निर्णय किन कार्यान्वयन नभएको हो भनेर प्रश्न गर्दा उहाँले गैरजिम्मेवार जवाफ दिनुभयो’, निहारिकाले भनिन् ।

आर्थिक समस्याका कारण आफूलाई बच्चाको लालनपालनमा कठिनाइ भइरहेको उनले बताएकी छन् ।- नेपालप्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]