न्यूजमधेश डेस्क
कमला,१० असोन।पुर्वी धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । तराइ मधेशका धनुषाका विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
कमला नगरपालिका ४ सघारामा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट करिब ५ सयको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गदै साबिकको कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको दुर्गा पुजा समितिका अध्यक्ष रोशन यादवले बताए ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा दुर्गा,लक्ष्मी लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको छ ।