१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

धनुषाको सखुवा बजारमा दसैँका लागि खसीबोका किनबेच गर्नेको भीड

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ असोज । दसैँ सुरु भएसँगै धनुषामा खसीबोकाको व्यापार बढेको छ । पशु हाटका लागि प्रख्यात धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने सखुवा बजारमा अहिले दसैैँका लागि खसीबोका किन्ने र बेच्नेको अत्यधिक भीड लागेको छ ।

किसानले टाढाटाढाको गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् । वर्षभरि पालेको खसीबोका बेचेरै किसानले दसैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्ने गरेका छन् ।

मिथिला नगरपालिका–२ नक्टाझिजका किसान श्याम पुलामीले खसीबोका बेचेरै बर्सेनि दसैँको खर्च टार्दै आइरहेको बताए । “दसैँका लागि मरमसला, लुगाफाटा र दक्षिणाको जोहो खसीबोका बेचेरै गर्ने हो”, पुलामीले भने, “हाम्रोतिरबाट किसानले धमाधम खसीबोका बिक्रीका लागि बजार ल्याउन थालिसकेका छन् ।”

खसीबोका किन्न व्यापारी आफैँ पनि किसानको घरघरमै पुग्नेसमेत गरेका छन् । व्यापारीले धनुषा, महोत्तरी र सर्लाहीको उत्तरी भेगका गाउँबाट किसानले पालेका खसीबोका किनेर सखुवा बजारमा ल्याई बेच्ने गर्छन् ।

धनुषाको मिथिला नगरपालिकाको पुष्पवलपुर, गोदार, बेङ्गाडावर, लालगढ, तुलसी र वटेश्वर गाउँपालिका तथा महोत्तरीको बर्दिवास नगरपालिकाको खैरमारा, माईस्थान र सर्लाहीको उत्तरी चुरे भेगमा व्यावसायिकरूपमा बाख्रापालन हुने गरेको छ । सखुवा बजारमा राम्रो दाम पाउने भएर सबैतिरका किसान यहाँ बेच्न आउने गरेका छन् । वर्षभरि पालेको खसीबोका बेचेर किसानले यो दसैँको समयमा रु ५०÷६० हजारदेखि रु एक लाखभन्दा बढी आम्दानी गर्छन् ।

महेन्द्रनगरका खसीबोका व्यापारी समेर मियाँले गाउँका किसानबाट खरिद गरेर ल्याएको खसीबोका बजारमा ल्याई बिक्री गर्न थालिसकिएको बताए । “हामी आफैँ गाउँमा पुगेर किसानसँग खसीबोका किन्छौँ, हामीले दिएको खसीबोकाको पैसाबाटै किसान बजारमा दसैँका लुगाफाटा, सरसामान किनेर फर्किनुहुन्छ”, उनले भने । व्यापारीका अनुसार दसैँको महाअष्टमीको दिनसम्म नै खसीबोकाको राम्रो व्यापार हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]